फूलबुट्टे चोलीमा गज्जब क्रू

काठमाडौं । गज्जबक्रू टिमको प्रस्तुतिमा ‘फूलबुट्टे चोली’ बोल गीतको भिडियो गज्जब टिभी युट्युबमार्फत सार्वजनिक भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालको शब्द रहेको गीतमा जिवेशसिंह गुरुङ र बेनिशा पौडेलको स्वर, दीपक शर्माको संगीत, साहस शाक्यको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको छ ।

सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिशा बजगाईं फिचर्ड भिडियोमा सहिन प्रजापतिको निर्देशन छ । भिडियोमा नवराज उप्रेतीको छायांकन र अर्जुन पोखरेलको सम्पादन छ ।