देउडा गीत साईबउमा सरु

काठमाडौं । डोटेली भाषाको फिल्म ‘नन्दी’ मा समावेश देउडा गीत ‘साईबउ’ सार्वजनिक भएको छ । गीतमा नेपाल आइडल रवि ओड र गायिका सरु गौतमको स्वर सुन्न सकिन्छ ।

गीतमा अविनाश थापाको शब्द र भीम बिसीको संगीत छ । गीतमा विनोद बोहरान र अलिसा चाडको फिचर्ड छन् । गीतमा जनक कुँवर र राज पाठकको कोरियोग्राफी, सतिश सिन्हाको सम्पादन, साहिल चौधरीको छायांकन छ ।

बाबु थिङले निर्देशन गरेको फिल्ममा विनोद बोहरानको निर्माण छ ।