वैवाहिक मितिको पर्खाइमा यी अभिनेत्रीहरु

मुम्बई(एजेन्सी) । बलिउडका कलाकारहरु फिल्मका अलावा आफ्नो निजी जिन्दगीका कारण पनि चर्चामा आउछन् । उनीहरु आफ्नो परिवार, सम्बन्ध, पति र पत्नीका कारण चर्चामा आउछन् । बलिउडका केही अभिनेत्रीहरु पारिवारिक कारणले भन्दा पनि आफ्नो विवाहका चर्चामा आउछन् । तर त्यही केही भने विवाह नगरेर आउछन् । उनीहरुका धेरै फ्यानहरुले सामाजिक सन्जालमा उनीहरुको विवाह हेर्ने इच्छा जाहेर गर्दछन् ।

अभिनेत्री अमिषा पटेल जून ९ मा आफ्नो जन्मदिन मनाउछिन् । फिल्म ‘कहो ना प्यार हे’बाट आफ्नो करियर शुरु गरेकी अमिषा हालसम्म अविवाहित नै छिन् । उनले निर्माता तथा निर्देशक विक्रम भट्टसँग लामो समय डेट गरिन् । तर विवाह भने भएन । ४४ वर्षीया अभिनेत्री हालसम्म सिंगल नै छिन् । अर्की अभिनेत्री तब्बु बलिउडकी दिग्गज अभिनेत्रीमध्ये एक हुन् । उनले कैयौं फिल्ममा आफ्नो अभिनयको जादु देखाइसकेकी छन् । उनी ४८ वर्षकी भइसकिन्, तर उनले हालसम्म विवाहको निर्णय लिएकी छैनन् । यद्यपि उनको नाम कैयौं अभिनेतासँग जोडिएको छ । तर उनलाई अहिलेसम्म कसैले विवाहको प्रस्ताव लिएर आएका छैनन् ।

अभिनेत्री कोइना मित्रा बलिउडका धेरै फिल्ममा देखिइसकेकी छन् । हाल भने उनी फिल्मबाट टाढा छिन् । उमेर ३६ वर्षमा हिँड्दै गरेकी उनी हालसम्म सिंगल छिन् । उनले ‘एक खिलाडी एक हसीना’, ‘अपना सपना मनी मनी’ र ‘अनामिका’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् । उनी गत वर्ष अभिनेता सलमान खानको रियालिटी शो ‘बिग बोस १३’मा देखिएकी थिइन् ।

अभिनेत्री सुस्मिता सेन बलिउडकी सदाबहार अभिनेत्रीमा पर्दछिन् । ४४ वर्षीया यी अभिनेत्रीले हालसम्म विवाह गरेकी छैनन् । उनी लामो समयदेखि प्रेमी रोहमन सोलसँग डेट गरिरहेकी छन् । सुस्मिताका दुई धर्मपुत्री रिनी र अलीशा छन् । साक्षी तंवर टेलिभिजनका लागि चर्चित अनुहार हो । उनले फिल्म ‘दंगल’मा अभिनेता आमिर खानको श्रीमतिको भूमिकामा अभिनय गरेकी थिइन् । ४७ वर्षीया उनले हालसम्म विवाह गरेकी छैनन् । उनले विवाह गर्ने योजना पनि बनाएकी छैनन् । सन् २०१८ मा उनले एक युवतीलाई धर्मपुत्रीका रुपमा लिएकी थिइन् ।