फिल्ममा जो नाङ्गिए

मुम्बई(एजेन्सी) । जोकोही अभिनेता अभिनेत्री पनि आफ्नो अभिनयका माध्यमबाट दर्शकको मनमा बस्न चाहन्छन् । बलिउडमा अधिकांश अभिनेता अभिनेत्रीहरु यो सफलता प्राप्त गर्नका लागि दिलो ज्यान दिएर लागेका हुन्छन् । यसका लागि उनीहरु आफ्नो शरीरको कपडा खोल्न पनि पछि पर्दैनन् । बलिउडमा यस्ता केही कलाकार छन्, जो फिल्मको कथाको माग अनुसार पुरै नाङ्गिएका छन् ।

बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान आफ्नो हरेक फिल्मका लागि जोडतोडले मेहनत गर्छन् । जसको फाइदा उनले बक्सअफिसबाट पाउँछन् । फिल्म ‘पीके’का लागि त उनले कपडा उतारेर नांगिन पनि अप्ठ्यारो मानेनन् । मोडलका रुपमा बलिउडमा आफ्नो करियर शूरुवात गरेका अभिनेता जोन अब्राहमले फिल्म ‘न्यूयोर्क’मा जेलभित्र न्यूड सिन दिए । यो फिल्ममा नील नितिन मुकेश र कटरीना कैफ पनि प्रमुख भूमिकामा थिए । त्यस्तै अभिनेता राजकुमार रावले फिल्म ‘शहीद’मा न्यूड दृश्य दिएका थिए । यो फिल्ममा उनी एक वकिलको भूमिकामा थिए ।

मधुर भण्डारकरको फिल्म ‘जेल’मा अभिनेता नील नितिन मुकेशले न्यूड दृश्य दिएका थिए । बलिउडकी बोल्ड नायिकाका रुपमा परिचित राधिका आप्टेले फिल्म ‘पाचर््ड’मा न्यूड दृश्य दिएकी थिइन् । बलिउडमा आफ्नो डेब्यू फिल्म ‘सावरिया’मा अभिनेता रणवीर कपूले एक गीतमा न्यूड दृश्य दिएका थिए । यो फिल्ममा उनको रोमान्स अभिनेत्री सोनम कपूरसँग थियो ।

सायदै त कमै मानिसलाई थाहा होला कि बलिउड सुपरस्टार शाहरुख खानले फिल्म ‘माया मेमसाब’मा न्यूड दृश्य दिएका थिए । अभिनेत्री नन्दा सेनले फिल्म ‘रंगरसिया’मा न्यूड दृश्य दिएर चर्चामा आएकी थिइन् । यो फिल्ममा नन्दनाका साथ रणदीप हुड्डाको पनि अभिनय थियो । बलिउडको सुपरहिट फिल्म ‘आशिकी’बाट फ्यानमाझ रातारात स्टार बनेकी अनु अग्रवालले फिल्म ‘द क्लाउड डोर’मा न्यूड दृश्य दिएका थिए । अभिनेत्री जीनत अमानले फिल्म ‘सत्यम शिवम सुन्दरम’मा टपलेस दृश्य दिएकी थिइन् ।