ट्रेन्डिङमा बढ्दै अशोकको प्रणाम

काठमाडौं । भाइरल गायकका रुपमा परिचित बालगायक अशोक दर्जीको नयाँ गीत ‘प्रणाम’को भिडियो सार्वजनिक भएको छ । गीतमा संगीतकार टंक बुढाथोकीको शब्द तथा संगीत छ ।

टंककै कन्सेप्ट र निर्देशन रहेको भिडियोमा अशोक र एआर बुढाथोकी फिचर्ड छन् । टंक बुढाथोकीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतलाई हालसम्म झन्डै ६ लाख ६० हजार दर्शकले हेरिसकेका छन् ।

यो गीत ट्रेन्डिङको १५ औं स्थानमा छ । झापा घर भएका अशोक ‘मन बिनाको धन’ बोलको गीतबाट चर्चामा आएका गायक हुन् ।