लभ पोइन्टमा अनिलको पीडा

काठमाडौं । पत्रकार अनिल गुरुङको लेखन र निर्माणमा बनेको वेभ सिरिज ‘लभ पोइन्ट’ सार्वजनिक भएको छ । सिरिजमा अनिल गुरुङ, एलिजा रायमाझी, विशाल रायमाझी, सायना जिसीको अभिनय छ ।

सञ्चारकर्मी आरजे प्रनवले सिरिजको निर्देशन गरेका हुन् । प्रेममा धोका पाएपछि एक युवाले भोग्ने पीडालाई सिरिजमा देखाइएको छ । के कारणले ती युवाले पीडा भोग्छन् भन्ने थाहा पाउन सिरिज नै हेर्नुपर्ने हुन्छ ।

नमस्ते अनलाईन टिभीको प्रस्तुतिमा निर्माण भएको सिरिजमा नविनबाबु गुरुङको छायांकन, तुलसी बासकोटाको सम्पादन छ ।