रश्मीले ल्याइन् फूलमा पनि

काठमाडौं । गायिका रश्मी राईले लकडाउनको समयलाई सदुपयोग गर्दै ‘फूलमा पनि’ बोलको गीतको भिडियो भुवन क्रियशन युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी छन् ।

केही समय पहिले ‘मान्छेको भीड भित्र’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी उनको नयाँ गतिमा भुवन चाम्लिङ राईको शब्द तथा पुष्कर सुनुवारको संगीत संयोजन छ । खोटाङ चिसापानी घर भएकी गायिका रश्मी आफैं भिडियोमा फिचर्ड छिन् ।