दीपक समिपको म कैदी प्रेमको

पोखरा । गजलकार दीपक समिपको गजल ‘म कैदी प्रेमको’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गजल सन्ध्या पोखराका पुर्वअध्यक्ष समेत रहेका समिपको रेकर्ड भएको यो दोस्रो गजल हो । उनको २०६२ सालमा ‘भूगोलभित्र नकोरिएको देश’ गजल संग्रह प्रकाशित भएको छ ।

केशवराज आचार्यको स्वर तथा संगीत रहेको गजलको भिडियोमा अभिनेत्री केकी अधिकारी र अभिनेता नरेन खड्का फिचर्ड छ । भिडियोमा जीवन खड्कालाई पनि देख्न सकिन्छ ।

दीपा घिमिरे आचार्यको निर्माण रहेको भिडियोको निर्देशन मोहनराज अधिकारीले गरेका हुन् । जुगल डंगोलको म्यूजिक एरेन्ज र अमृत सुनुवारको छायांकन रहेको भिडियोमा माधव बेलबासेको सम्पादन छ ।