अग्ली रेनको अग्लै पीडा

सिकागो(एजेन्सी) । यहाँ यस्तो एक महिलाको विषय प्रस्तुत हुँदैन, जो आफ्नो खुट्टालाई निकै सुन्दर मान्छिन् । तर त्यही खुट्टाका कारण उनले धेरै समस्या पनि भोग्नुपरेको छ । यी महिलाको उचाई ६ फूट ९ इन्च छ । उनको खुट्टाकै लम्बाई ५२ दशमलब ८ इन्च छ । यही लम्बाईकै कारण उनले विश्वकै सबैभन्दा लामो खुट्टा भएकी महिलाको उपाधि पाइसकेकी छन् ।

रेन्टसेनखोरलू नामकी यी महिलालाई सबैले रेन नाम दिएर बोलाउछन् । रेलको जन्म मंगोलियामा भयो, तर अहिले उनी सिकागोमा बस्छिन् । ‘मलाई मेरो खुट्टा निकै मनपर्छ । म सर्ट लगाएर आफ्नो खुट्टा हेर्छु । तर लामो खुट्टा भएकाले मलाई घर, कार्यालय र क्लबजस्ता स्थानमा जान निकै समस्या हुन्छ । मलाई कुनै पनि ठाउँमा जानका लागि निकै निहुरिनु पर्छ’, उनी आफ्नो पीडा सुनाउछिन् ।

रेनका अनुसार उनको खुट्टाको लम्बाई आफ्नो विरासतमा मिलेको हो । किनकी उनका पिताको उचाई नै ६ फिट १० इञ्च थियो र आमाको उचाई चाहिँ ९ फिट १ इञ्च । ‘मलाई शुरुमा मेरो खुट्टा मनपर्दैन थियो । पहिला यसलाई मैले धेरै लुकाउने कोशिस गरें, तर लुक्नै सकेन । त्यसपछि मैले आफ्नो खुट्टालाई किन प्रेम नगर्ने भनेर प्रण गरें । किनकी यो भगवानकै देन हो । यसमा कसैको केही लाग्दैन’, उनले भनेकी छन् ।

रेनलाई आफूले लगाउने कपडा खोज्न निकै समस्या पर्छ । उनी टेलरमा गएर पहिरनको अर्डर दिएर सिलाउन लगाउछिन् । उनलाई घरमा छिर्न पनि उत्तिकै समस्या छ किनकी ढोकामा जहिल्यै टाउको ठोकिन्छ । तर अहिले उनले यी सबै समस्यालाई एडजस्ट गर्न सिकिसकेकी छन् ।