सोनिका बनिन् चिरञ्जीवीको बदमास

काठमाडौं । युवा गायक चिरञ्जीवी भण्डारीले नयाँ गीत ‘बदमास’ सार्वजनिक गरेका छन् । बिहीबार सार्वजनिक भिडियोको गीतमा भीम बिसीको संगीत र विक्रम सुन्दासको शब्द छ ।

पुष्कर सुनुवारले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । दिलिप ओखेडाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा मोडल तथा सञ्चारकर्मी सोनिका रोकाया र दीपेन्द्र सोनाम फिचर्ड छन् ।

भिडियोमा उत्सव दाहालको छायांकन र विष्णु खड्काको सम्पादन छ । भिडियो ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो ।