भाइरसको र्याप खुट्टा नतान

काठमाडौं । ¥याप गायक कुशल खत्री ‘भाइरस’को नयाँ गीत ‘खुट्टा नतान’ सार्वजनिक भएको छ । कुशलकै शब्द तथा सङ्गीत र भिष्म आचार्यको बिट रहेको ¥याप गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रशन्न रिमालको निर्देशन रहेको गीतको भिडियो एमएमएस इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा डम्बरबहादुर राईको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ भने गीतमा राजेश श्रेष्ठको मिक्सिङ तथा माष्टरिङ रहेको छ ।

कुशलको यो दोस्रो गीत हो । उनको पहिलो गीत ‘मिष्टर नेपाली’ले युट्युवमा १६ लाख भन्दा बढी दर्शक पाएको थियो । यो गीत खुट्टा तान्नेहरुका लागि लक्षितगरी बनाइएको निर्देशक प्रशन्न रिमालले बताए ।

सानो उमेरमा कुशल (भाइरस)ले ¥याप क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । आम जनमानसमा ¥यापप्रतिको नराम्रो धारण भएता पनि ¥यापले समाजमा राम्रो म्यासेज दिन सक्छ भन्ने आफूमा रहको र त्यस्तै गीत सार्वजनिक गरेको कुशलले बताए । उनले आफू ¥याप गायक यमबुद्ध बाट प्रभावित रहेको जनाए ।