विद्यासँग दीपकको चोखो माया

काठमाडौं । गायक दीपक बराइली र गायिका विद्या तिवारीको स्वरमा रहेको ‘चोखो माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सुमन्ता गजमेरको शब्द र कमल रसाइलीको संगीत छ ।

भिडियोमा सान खत्री र सिर्जना जिसी फिचर्ड छन् । भिडियोमा रिना लिम्बुको मेकअप, जेएस क्रिएसनको पहिरन, सन्जित के घिसिङको क्यामरा, सम्पादन, ड्रोन र कलर तथा दिलीप समनको निर्देशन छ । भिडियो हाइलाइट्स नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।