नाजिर र सुशीलाको माया कति ?

काठमाडौं । गीतकार अम्बिका गुरुङको गीत ‘कति माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक सुमन केसी र गायिका प्रविशा अधिकारीको स्वर छ भने वसन्त सापकोटाले संगीत भरेका छन् ।

भिडियोमा नाजिर हुसेन र सुशिला थापा फिचर्ड छन् । सान थापाको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।