नेल्सन मण्डेलाकी छोरीको निधन

जोहान्सबर्ग(एजेन्सी) । दक्षिण अफ्रिकाका रंगभेद विरोधी नेता नेल्सन मण्डेला र उनकी पत्नी विनी मण्डेलाकी छोरी जिन्जी मण्डेलाको ५९ वर्षको उमेरमा निधन भएको छ ।

सरकारी टेलिभिजन साउथ अफ्रिका ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार मण्डेलाको सोमबार बिहान जोहान्सबर्गको एक अस्पतालमा निधन भएको हो । उनी मृत्यु अघिसम्म डेनमार्कमा दक्षिण अफ्रिकाको राजदूतका रुपमा सेवा दिइरहेकी थिइन् ।

मण्डलाकी छोरी सन् १९८५ मा अन्तर्राष्ट्रिय स्तरमा तब आइन, जब श्वेत अल्पसंख्याक सरकारले नेल्सन मण्डेलालाई कैदबाट रिहा गर्ने तयारी गरेको थियो । दक्षिण अफ्रिकामा त्यस समयमा रंगभेदको ठूलो भेदभाव थियो ।