काठे भाकामा ए माया

काठमाडौं । रानी क्रियसनको प्रस्तुतीमा गायक राजु विरही र गायिका मिना नेपालीको स्वरमा रहेको मौलिक काठे भाकामा आधारित गीत ‘ए माया’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा युगल जोडीको प्रेमका भावहरुलाई समेटिएको छ । सावित्रा डंगोलको शब्द तथा राजु विरहीको लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज संजय श्रीपालले गरेका छन् ।

भिडियोमा मरुभूमि नारायणको छायांकन, रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा आयुष्मा कार्की र राजु विरहीको अभिनय तथा नृत्य रहेको छ ।