शिवजी पुकार्दै आएँ बिन्ती गर्न

काठमाडौं । मौलिक परम्परामा आधारित भजनको आफ्नै किसिमको आकर्षण रहेको छ । गायिका रोशनी पन्तको स्वरमा रहेको ‘आएँ बिन्ती गर्न’ को भिडियो अन्जना डिजिटल म्युजिक प्रालिमार्फत सार्वजनिक भएको छ ।

भगवान शिवको प्रंशसा र महत्वलाई गीतमा समेटिएको छ । मानव जगतको कल्याणको कामना गदै गीत ल्याइएकी गायिका पन्तले बताइन् । वसन्त पन्तको शब्द तथा रोशनी पन्तको लय सिर्जना प्रस्तुत भजनमा रहेको छ । तेजेन्द्र दुरा को एरेन्ज गीतमा छ ।

भिडियोमा दिपक गिरीको छायांकन, निशान एसको सम्पादन तथा निर्देशन छ । भिडियोमा निशान एस के र प्रंशसा परि सुनारको अभिनय छ ।