लकडाउनमा तीन सय गीत तयार

मुम्बई(एजेन्सी) । बलिउड संगीतकार तथा गायक हिमेश रेशमिया पछिल्लो केही समय बलिउड संगीत उद्योगको एक अहम् हिस्सा हुन् । उनले सलमान खानको फिल्म ‘प्यार किया तो डरना क्या’बाट आफ्नो करियर शुरु गरेका थिए । यसपछि उनले कैयौं फिल्ममा सुपरहिट संगीत दिए र आफ्नो स्वरले दर्शकलाई आफ्नो फ्यान बनाए ।

हिमेशल हालैमात्र राजेश रोशनको एमएक्स प्लेयर टाइम्स अफ म्यूजिकसँग सहकार्य गरेका छन् । त्यही कारण उनी आफ्नो एक ठूलो प्रोजेक्टले चर्चामा छन् । उनले लकडाउनको समयमा त्यो प्रोजेक्टका लागि ७ सय गीतमा संगीत भरेका छन् । जसमा लकडाउनकै समयमा ३ सय नयाँ गीत तयार पारेका छन् ।

‘यो प्रोजेक्टले मलाई नयाँ कम्पोजिसन तयार गर्नका लागि प्रेरणा दियो । म चाँडै नै यो प्रोजेक्टको घोषणा गर्नेछु, किनकी मेरो हिसाबमा यो संगीत उद्योगका कलाकारका लागि पूर्ण रुपले गेम चेन्जर बन्नेछ । यो प्रोजेक्टका माध्यमबाट तपाईंले निकै सानदार मेलोडी पनि सुन्न पाउनुहुनेछ ।’उनले भनेका छन् ।