आदित्यले सम्झिए उदितको रेडियो नेपाल समय

काठमाडौं । नेपालीसहित थुप्रै भाषाका गीतका चर्चित पाश्र्व गायक उदित नारायण झाले आफ्नो करियरको शुभारम्भ रेडियो नेपालबाट गरेका थिए । यो कुरालाई उनले कैयौंपटक बताइसकेका छन् । रेडियो नेपालको संघर्षका दिनलाई स्मरण गर्दै छोरा आदित्य नारायणले इन्स्टाग्राममा पिता उदितको एक पुरानो तस्बिर शेयर गरेका छन् । जसमा उदितलाई निकै युवा देखिइएको छ ।

आदित्यले तस्बिरसँगै ‘उदित नारायण, हो यी उनै हुन्, रेडियो नेपाल दिन, युवावस्थामा यहीबाट आफ्नो गायन यात्राको शुरुवात गरेका थिए(१५ वर्षको उमेरमा)’ भन्दै क्याप्सन लेखेका छन् । यो मोनोक्रोम तस्बिरमा उदित नारायण कोट टाई लगाएका छन् । उनी निकै फर्मल लुक्समा देखिएका छन् । फ्यानले पनि उदितको यो फोटोलाई तारिफयोग्य प्रतिक्रिया दिइरहेका छन् ।

 

View this post on Instagram

 

Follow @uditnarayanmusic & yes, that’s him ❤️ … Radio Nepal days 📻 Started singing there when I was a teenager (15 years old)

A post shared by Aditya Narayan (@adityanarayanofficial) on

उदित नारायणले सन् १९७० मा रेडियो नेपालमा मैथिली लोक गायकका रुपमा आफ्नो करियर शुरु गरेका थिए । हाल उनी बलिउडको सर्वाधिक सफल गायकमध्ये एक हुन् । नेपाली संगीतमा ८ वर्ष बिताएपछि उनले बलिउडको यात्रा गरे । सन् १९८० मा उनले बलिउडमा करियरको उडान शुरु गरेका थिए ।

उनले सन् १९८५ मा रिलिज फिल्म ‘कुसुमे रुमाल’मा प्रमुख भूमिकामा अभिनय गरेका थिए । यो फिल्म नेपाली क्लासिक फिल्ममध्ये एक हो । सन् २००१ सम्म यो फिल्मले नेपाली फिल्मको बक्स अफिसमा उत्कृष्ट १० मा आफ्नो स्थान बनायो । गायक करियरको कुरा गर्दा सन् ८०देखि ९० को दशकमा उदित बलिउडका चम्किला तारा थिए । उनका त्यस बेलाका गीत आज पनि सदाबहार र सुपरहिट छन् । सन् १९९० मा उनले एकपछि अर्को पाँच फिल्म फेयर अवार्ड जितेका थिए ।