सञ्जय किन बनेनन् कटप्पा ?

मुम्बई(एजेन्सी) । बलिउडको सुपरहिट र लोकप्रिय फिल्मको कुरा गर्ने हो भने ‘बाहुबली’ सिरिज नछुट्ने नाम हो । यो फिल्मका हरेक चरित्रलाई दर्शकले अत्याधिक मनपराएका छन् । जसमध्ये कटप्पा एउटा प्रमुख चरित्र थियो । फिल्ममा कटप्पाको भूमिका दक्षिण भारतीय अभिनेता सत्यराजले निभाएका थिए । सायदै कमैलाई मात्र थाहा होला कि यो चरित्रमा सत्यराज अघि अभिनेता सञ्जय दत्तलाई प्रस्ताव गरिएको थियो ।

सञ्जयलाई यो प्रस्ताव गरिए पनि उनले यो चरित्रमा अभिनय गर्न पाएनन् । तर उनी यो समयमा जेलमा रहेकाले यो फिल्ममा उनले अभिनय गर्न पाएनन् । यही कारण उनले यो भूमिकालाई अस्वीकार गरे । तर कटप्पाको भूमिकामा सञ्जयलाई दर्शकले हेर्न पाएको भए उनको चरित्र कस्तो हून्थ्यो भन्ने कौतुहलता कायमै छ ।

सञ्जयले कटप्पाको भूमिकालाई छोडे पनि सत्यराजले त्यो भूमिकालाई अमर बनाउन कुनै कुराको कमी हुन दिएनन् । त्यसकारण पनि फ्यानले ‘बाहुबली’ सम्झदा कटप्पालाई बिर्सदैनन् । सञ्जयलाई दर्शकहरुले नकारात्मक भूमिकामा पनि उत्तिकै रुचाउँछन् । फिल्म ‘अग्निपथ’मा काँचा चीनाको भूमिकालाई दर्शकले निकै मनपराएका थिए । हालैमात्र ‘पानीपत’ मा अहमद शाह अब्दालीको भूमिका पनि उत्तिकै रुचाएका थिए ।