मुम्बई(एजेन्सी) । कोरोना भाइरसको महामारीका समयमा भारतमा लकडाउनका बीच प्रवासी श्रमिकहरुलाई उनीहरुको घर पुर्याउन सहयोग गरेका अभिनेता सोनू सूदले यही अनुभवलाई पुस्तकमा उतार्ने भएका छन् । यो उनको पहिलो पुस्तक हुनेछ । पुस्तकको नाम हालसम्म तय भएको छैन । यो पुस्तकमा मानिसहरुलाई सहयोग गरेको र मानिसको यो यात्राको भावनात्मक पहलसँगसँगै चुनौतिपूर्ण क्षणलाई प्रस्तुत गरिनेछ । पुस्तक प्रकाशक पेन्गुइन रेन्डम हाउस इण्डियाले बुधबार पुस्तक वर्षको अन्त्यमा प्रकाशित हुने बताएको छ ।
‘म भगवानलाई धन्यवाद दिन चाहन्छु कि उनले मलाई श्रमिकलाई सहयोग गर्ने माध्यम बनाए । भलै मेरो हृदय मुम्बईमा धड्किन्छ तर यो घटना पछि म महशुस गर्न सक्छु कि म भित्र उत्तर प्रदेश, बिहार, झारखण्ड, असम, उत्तराखण्ड र अन्य केही राज्य अँटाएको छ । मेरा नयाँ साथी बनेका छन् र मेरो गहिरो सम्बन्ध छ ।’ उनले भनेका छन्, ‘मैले निर्णय लिएँ कि मेरो हृदयमा सदियौं देखि बसेको कथा र अनुभवलाई म किताबमा उतार्नेछु । म उत्साहित छु र किताबका माध्यमबाट तपाईंहरुसँग जोडिनका लागि बेचैन छु । म तपाईंहरुको समर्थन चाहन्छु, सबैलाई माया ।’
सोनूले मुम्बईमा बस्दै आएका प्रवासी श्रमिकलाई उनीहरुको गृह जिल्ला पुर्याउने अभियान शुरु गरको थिए । सोनू र उनको समूहले यो सम्बन्धमा टोल फ्री नम्बर र वाट्सएप नम्बर पनि सार्वजनिक गरेका थिए । उनले गत मार्चमा लागू लकडाउनका कारण सहरमा फसेका मानिसलाई उनीहरुको घरसम्म पुर्याउनका लागि खाना, बस, ट्रेनका साथै विमानको पनि व्यवस्था गरेका थिए ।