मुम्बई(एजेन्सी) । दक्षिण भारतीय सुपरस्टार थालापथी विजय र विजय सेतुपतिको फिल्म ‘मास्टर’ माथि फ्यानको नजर निकै गहिरोसँग छ । यो फिल्म यो वर्षको अप्रिलमा रिलिज हुने भनिए पनि कोरोना भाइरसको लकडाउनका कारण फिल्मको रिलिज रोकिएको छ । यो फिल्ममा थालापथी विजय र विजय सेतुपतिको बीच हुने भिडन्त हेर्नलाई फ्यान उत्साहित छन् ।
लोकेश कनगराजको निर्देशनमा बनेको यो फिल्ममा थालापथी विजय प्रमुख भूमिकामा छन् भने विजय सेतुपति भिलेन चरित्रमा छन् । विजय सेतुपतिको भिलेन चरित्र फ्यानका लागि उत्साहपूर्ण छ । ‘म एकदमै खराब व्यक्तिको भूमिका मास्टरमा निभाउदैछु । मेरो चरित्रमा कतैबाट पनि दया भन्ने भाव छैन । यो निकै खतरनाक छ । यो भूमिका निभाउन मलाई निकै मजा आयो’, उनले भनेका छन् ।
विजय सेतुपतिले नकारात्मक भूमिका निभाएको यो पहिलोपटक होइन । उनले यसअघि माधवनको फिल्म ‘विक्रम वेधा’ र रजनीकान्त स्टारर फिल्म ‘पेट्टा’मा पनि भिलेन चरित्रमा देखिएका थिए । फिल्म ‘मास्टर’मा मालविका मोहनन प्रमुख नायिकामा छिन् । उनीसँगै अर्जुन दास, शान्तनु भाग्यराज पनि प्रमुख भूमिकामा छन् ।