कमलाले ल्याइन् तरंग

काठमाडौं । गीतकार कमला न्यौपानेको गीति एल्बम ‘तरंग’ सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएकी गीतकार न्यौपाने पेशाले नर्स हुन् । गीतकार न्यौपाने नेपाली साहित्यतर्फ गीत, कविता, मुक्तक र गजल लेख्न मन पराउँछिन् ।

उनको एल्बममा गीतकार तथा संगीतकार येदीन गजमेरको एकल संगीत रहेको छ । एलबममा रामकृष्ण ढकाल, स्वरूपराज आचार्य, मेलिना राई, अनुप रेग्मी, बानिका प्रधानलगायतका गायक गायिकाको स्वर रहेको छ ।

गीतकार न्यौपानलेले एलबम मानिसका जीवनमा आइपर्ने सुख दुख, आरोह अवरोह, हासो, रोदन, मिलन विछोड, प्रेम, त्यागको संगम भएको बताइन् ।