शाहरुख र सलमानले रचेको इतिहास

मुम्बई(एजेन्सी) । बलिउडमा शाहरुख खान र सलमान खानको सम्बन्धको कैयौं उदाहरणहरु दिइन्छ । जब–जब यो जोडी फिल्मी पर्दामा देखिए, तब–तब फिल्म सुपरहिट भए । फिल्मी पर्दासँगै वास्तविक जिन्दगीमा पनि उनीहरु घनिष्ठ साथी हुन् । यद्यपि केही समय दुईबीच झगडा पनि भएको थियो । तर वर्षौपछि किंग खान र सुल्तान एकअर्काबीच नजिकिए ।

शाहरुख र सलमान दुवैले आफ्नो फिल्मी करियरको शुरुवात ९० दशकमा गरेका थिए । त्यही समयदेखि उनीहरु बीच गहिरो सम्बन्ध रह्यो । त्यो समयदेखि आजसम्म उनीहरुले कैयौं सानदार फिल्ममा काम गरे । राजेश रोशनको निर्देशनमा बनेको फिल्म ‘करण अर्जुन’ आज पनि दर्शकको रोजाईमा पर्ने फिल्म हो । शाहरुख र सलमानको यो आइकनिक फिल्मको दमदार संवाद र सुपरहिट गीत आज पनि मानिसको मुखमा झुण्डिएको छ । १३ जनवरी १९९५ मा रिलिज यो फिल्ममा दुई खानका अलावा काजोल, ममता कुलकर्णी, राखी, अमरीश पुरी जस्ता कलाकारले अभिनय गरेका छन् ।

करण जोहारको फिल्म ‘कुछ–कुछ होता है’ सन् १९९८ मा रिलिज भएको थियो । यो फिल्म त्यो वर्षको सर्वाधिक कमाई गर्ने फिल्ममध्ये एक थियो । फिल्ममा शाहरुख र काजोलको रोमान्टिक अन्दाजलाई दर्शकले निकै मनपराएका थिए । अभिनेत्री राजनी मुखर्जीको करियरमा यो फिल्मले एउटा नयाँ उडान भरिदिएको थियो । फिल्ममा सलमानले पनि छोटो भूमिकामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सन् २००२ मा रिलिज फिल्म ‘हम तुम्हारे हे सनम’मा शाहरुख र सलमानको जोडी एकपटकः पुन पर्दामा देखियो । यो फिल्ममा माधुरी दिक्षितले निकै सुन्दरताका साथ शाहरुखकी श्रीमतिको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा अतुल अग्नीहोत्री र सुमन रंगनाथनको भूमिका पनि अहम थियो । फिल्ममा ऐश्वर्या राय बच्चनले केमियो गरेकी थिइन् ।