जुनी जुनीमा ऋचासँग रोमान्टिक मनोज

काठमाडौं । एरेन्जर तथा संगीतकार मनोज चौलागाईंको नयाँ गीत ‘जुनी जुनी’ सार्वजनिक भएको छ । चौलागाईले आफ्नै युट्यूव च्यानल हाइ नोटबाट यो गीत रिलिज गरेका हुन् । गायिका अञ्जु पन्त र गायक कौशलराज खड्काको संयुक्त स्वर रहेको गीतमा गायक खड्का र मोडल ऋचा थापा फिचर्ड छन् ।

गीतको शब्द हस्त गौतम मृदुलले लेखेका हुन् भने रेकर्डिष्ट राजेश श्रेष्ठ हुन् । किशोर थापाले मिक्सीङ तथा मास्टरीङ गरेका हुन् । ए वान म्यूजिसियनमा गीत रेकर्डिङ् तथा मास्टरिङ गरिएको हो ।

गीतको भिडियो निर्देशक सियोन श्रेष्ठ हुन् । धुलिखेलको रमणीय दृश्यमा छायंकन गरिएको गीतलाई मुकेश हुमागाइले छायांकन गरेका छन् । कविता तोलाङ्गीको श्रृंगार रहेको जुनी जुनीमा नविन निरौलाको रंग संयोजन तथा सम्पादन रहेको छ ।