राजु र टिकाको तीज गीत

काठमाडौं । गायकगायिका राजु परियार, टिका पुन, प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायरको स्वरमा तीज गीत ‘आँगनीमा’सार्वजनिक भएको छ । डिएआर मुभिजको निर्माणमा कलसी रोकायाको प्रस्तुति रहेको गीतमा शब्द तथा लय कलशी रोकायाको रहेको छ । गीतमा स्मृति शाही, पुस्पा बोहरा र मुना रोक्काको पाश्र्व स्वर छ ।

भिडियोको निर्देशन प्रभावन जेको रहेको छ । भिडियोमा सारिका केसी, चक्र बम, रश्मी भट्ट, प्रल्हाद खरेल, गीतान्जली बलायर, रिता अधिकारी, बुवन विक, बाल कलाकार कौशल बलायर, नवोदिता गिरि र दिप्ति रताला फिचर्ड छन् । भिडियोमा राजाराम गौतमको सहायक निर्देशन, ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन, विष्णु खड्काको सम्पादन र सन्तोष राजबाहकको कोरियोग्राफी छ ।

बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज भुवन बडु, मिक्सिङ जीवन बडु, रेकर्डिस्ट मनोज डंगोल छन् । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।