रानीको संसार फेर्दै प्रियंका

काठमाडौं । गायिका रानी शाक्यको नयाँ गीत ‘संसार फेर्ने’ को भिडियो सार्वजनिक भएको छ । रोमान्टिक, मेलोडियसलगायतका थुप्रै गीत संगीत सार्वजनिक गरिसकेकी शाक्यले यस पटक फरक स्वादको सामाजिक सन्देश बोकेको गीत लिएर आएकी हुन् । पेशाले चिकिस्तक शाक्यले पेशा र प्यासनलाई एकसाथ अगाडि बढाउने कोसिस गर्दै निरन्तर अघि बढिरहेकी छिन् ।

गीतमा अरुण तिवारीको शब्द र दीपक शर्माको संगीत छ । गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका हुन् । जीवन शाहीको निर्देशनमा भिडियोमा प्रियंका कार्की, राजु गिरी, रश्मी श्रेष्ठ र इन्द्र दोङ लामा फिचर्ड छन् ।

उत्सव दहालको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन छ । गायिका शाक्यको अपिÞmसिएल च्यानल रानी शाक्यमार्फत भिडियो सार्वजनिक भएको हो ।