कोसँग हार्दैछन् नविन के ?

काठमाडौं । गायक नविन के भट्टराईको १६ औं संग्रह ‘३७’ बाट नयाँ गीत ‘म त हार्दिन्छु है’ को भिडियो सार्वजनिक भएको छ । गीतमा रोशन सुबेदीको शब्द र नविनकै संगीत छ । गीतको संगीत संयोजन विशाल पौडेलले गरेका छन् ।

भिडियोमा कलाकार सुमी श्रेष्ठ तथा सुदित श्रेष्ठको अभिनय छ । इन लाइन क्रिएसनअन्तर्गत श्रेसन श्रेष्ठले सम्पादन तथा निर्देशन गरेको भिडियोमा विशन योञ्जन र रविन श्रेष्ठको छायांकन छ ।

गीति संग्रह ‘३७’ लाई न्यू एज म्युजिकले बजारमा ल्याएको हो । यसअघि यसै संग्रहबाट ‘जाउ तिमी’ बोलको गीत सार्वजनिक भइसकेको छ । गीतको भिडियो फुर्सद टिभी नेपाल नामक युट्युबबाट हेर्न सकिने छ ।