काठे गायकको तीज गीत

काठमाडौं । काठे गीतमा आफ्नो छुट्टै परिचय बनाएका गायक हेम श्रेष्ठले गायिका जमुना श्रीपालीसँग मिलेर नयाँ तीज भाका ‘नाच्न आकी छु’को भिडियो सार्वजनिक गरेका छ । नजिकिँदै गरेको हरितालिका तीज पर्वलाई लक्षित गरेर ल्याएको गीतमा हेमकै संगीत, कविता कार्कीको शब्द तथा रामकृष्ण थापाको संगीत संयोजन छ ।

सर्वसम्मान म्यूजिकले युट्युब च्यानलबाट सार्वजनिक गरेको गीतको भिडियोमा प्रकाश तामाङ, सम्झना थोकर, सोफिया र धिरजले अभिनय गरेका छन् । भिडियोमा शिशिर बुढाथोकीको नृत्य, सागर गौतमको छायांकन र प्रकाश एसकेको सम्पादन छ । भिडियोको निर्देशक प्रकाश क्षेत्रीले गरेका हुन् ।

गत वर्ष ‘आउ आउ काली नाचौं न’ तीज गीत ल्याएका हेमका यस अघि ‘रामेछाप ओखलढुंगा’, ‘नाकको मुन्द्रा’, ‘लिपुलेक कालापानी’ लगायतका गीत बजारमा आइसकेका छन् ।