आँखामा बस्ने अस्मिताको चाहना

काठमाडौं । गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘आँखामा बसाउ मलाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत र संगीत संयोजन छ ।

विधान कार्कीले निर्देशन गरेको भिडियो द डिभाइज म्यूजिकको प्रस्तुति र नेप्सीने कम्पनीको निर्माणमा तयार भएको हो । माया प्रेमको भाव प्रस्तुत भएको भिडियो फिल्मी शैलीमा बनेको छ ।

भिडियोमा उत्सव दाहालको छायांकन र विकाश दाहालको सम्पादन छ ।