तीजमा इन्दिराको नाचौं गाऔं रमाऔं

काठमाडौं । गायिका इन्दिरा भट्टराईको स्वर तथा संगीत रहेको नयाँ तीज गीत ‘नाचौं गाऔं रमाऔं’ सार्वजनिक भएको छ । गीतमा विनोद बन्जाराको शब्द छ । महिला जागरण समुहको सहयोगमा तयार भएको यो गीतको म्युजिक भिडियो यु ट्युब मार्फत सार्वजनिक गरिएको हो ।

हरेक वर्षको तीजमा नयाँ तीज गीत ल्याउने गायिका भट्टराईले यस वर्ष परदेशमा रहेर पनि निरन्तरता दिएकी छिन् । सुमन कुमार श्रेष्ठले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाई राजु केसी तथा सूर्य महर्जनले छायाँकन गरेका हुन् ।

गीतको भिडियोमा अभिनेत्री नीतु कोइरालाको अभिनय देख्न सकिन्छ । तेजस्वी कला केन्द्र एण्ड मिडियाले यसमा विशेष सहयोग गरेको छ ।