चुरा बजाउदै आए गीता र सारिका

काठमाडौं । तीन वर्षदेखि लगातार तीजका गीत स्रोता र दर्शकमाझ पस्किदै आएकी सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीले ‘बजाउँदै चुरा’ बोलको गीत लिएर आएकी छन् ।

सारिका घिमिरेको स्वरमा रहेको सार्वजनिक तीज गीत ‘बजाउँदै चुरा…’मा योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको छ । स्टुडियो १डीबी एचडीमा रेकड्ङि गरिएको गीतमा एचवीएन किस्मतको मिक्सिङ तथा माष्टिरिङ रहेको छ ।

सार्वजनिक लिरिकल भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् । गीता र सारिकाले यसभन्दा अघि ‘यतै घमाइलो उतै घमाइलो ’सन्देश मुलक तीज गीत लिएर आएका थिए भने गत वर्ष ‘तीजैमा ब्रत बसी’ लिएर आएका थिए ।

कोरोना भाइरस (कोभिड(१९)को सङ्क्रमणका कारण गीतको भिडियो छायाँकन गर्न असमर्थ भएका कारण लिरिकल भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियो युट्युव च्यानल द ट्युन मार्फत सार्वजनिक गरिएको छ ।