तीजमा किरणको बम बम भोले

काठमाडौं । गायक किरण भुजेलको तीज गीत ‘बम बम भोले’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शेरा थामीको संगीत छ भने किरणलाई बबिना किराँती स्वरमा साथ दिएकी छन् ।

गीतमा विकास सिवाकोटीको शब्द छ । भिडियोमा किरण र बबिनासँगै निक्स शर्मा र बिदिशा कार्कीको अभिनय रहेको छ ।

भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् । अनिल के. मानन्धरको छायांकन रहेको भिडियोमा प्रविन भट्टको सम्पादन छ ।