मानवताको खोजीमा जय मानवता

काठमाडौं । पछिल्लो समयमा इन्टरनेट प्लेटफर्मबाट फिल्महरु रिलिज हुने क्रम बढिरहँदा फिल्म ‘जय मानवता’ पनि युट्युवबाट सार्वजनिक भएको छ । लकडाउनका कारण विश्व नै ठप्प भैरहेको अवस्थामा दर्शकहरुलाई मानसिक प्रभाव नरहोस् भन्ने उद्देश्यका साथ सुचना सन्देश र मनोरञ्जन दिनका लागि युटुव च्यानल हाइनोटबाट फिल्म रिलिज गरिएको हो ।

किशन विसीको निर्देशनमा बनेको फिल्ममा सरिता विश्वकर्मा, थमन सिंह पुर्जा, चन्द्र विक, विशाल लोहनी, सुबोध घिमिरे, सुजता बस्याल, वर्षा बस्याल, युना पुन, बर्षा हमाल, रश्मि खत्री, सविता पुनलगायतका कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रको कथा तथा गीत चन्द्र विकले लेखेका हुन् भने संगीत मनोज चौलागाईको रहेको यस चलचित्रमा मेलिना राई र अनमोल रामदामको स्वर रहेको छ ।

फिल्ममा रमेश रसाइली र मरुभूमी नारायणको छायांकन, लालबहादुर पुनको सम्पादन तथा होमबहादुर रामदाम अनमोल, लक्ष्मी विक र मुना रामदामको निर्माण छ ।