मेरी परीमा बाबुको छोरी प्रेम

काठमाडौं । गीतकार अम्बिका गुरुङको शब्दमा ‘मेरी परी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यशु थापा मगरको स्वर तथा राजन कार्कीको संगीत तथा संगीत संयाेजन रहेको उक्त गीतमा टिकटक गर्ल अकेशा पोखरेल तथा रबिन पोखरेलको अभिनय छ ।

बिहान बेलुका मेहनत गर्ने बाउ र छोरी कथा बोकेको उक्त गीतको भिडियो मर्म स्पर्शी बनेको छ । सञ्चारकर्मी त्रिशा केसीको निर्देशनमा बनेको भिडियोमा हिमाल शर्मा तथा शिखर मल्ल ठकुरीको छायांकन, जीवन थापाको रंग र श्रीकृष्ण श्रेष्ठको सम्पादन छ ।

गीतलाई भावसागर क्रियशनको आधिकारिक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।