शान्तासँग पिरती लगाउँदै आनन्द

काठमाडौं । गायक आनन्द कार्की र गायिका शान्ता खत्रीको ‘लाऊ माया पिरती’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका शान्ताकै शब्द र रिमेश कुमारको संगीत छ ।

लिगेश भट्टराईको निर्देशनमा तयार भिडियोमा दिनेश केसी, निर्देशक लिगेश स्वयंम, मोडल ऋचा थापा, अस्मिता विश्वकर्मा फिचर्ड छन् । भिडियोमा मदन कश्यप घिमिरेको छायांकन छ ।