युट्युबमा दयारामको जोगीः रातका देवता

काठमाडौं । परम्परागत रुपमा चल्दै आएको फेरी लगाउने चलनलाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको वृत्तचित्र ‘जोगीः रातका देवता’ हार्दिक मिडियाको अफिसियल यूटुब च्यानलमार्फत सार्वजनिक भएको छ ।

वृत्तचित्रका निर्देशक दयाराम घिमिरे हुन् भने निर्मातामा हरि उप्रेती तथा निर्देशक घिमिरे छन् । तेनहाङ राई वृत्तचित्रका सहनिर्माता हुन् । वृत्तचित्रले नेपालमा २ वटा अवार्ड जितिसकेको छ भने ३ वटा अन्तर्राष्ट्रिय डकुमेन्ट्री फेष्टिभलमा अफिसियल सेलेक्सनमा समेत परिसकेको छ । सोसल मिडिया फिल्म अवार्ड तथा काठमाडौ सर्ट फिल्म फेष्टामा यो डकुमेन्ट्रीले अवार्ड हात पारिसकेको छ ।

रातको समयमा जोगीले घर घुमेर घरको शान्तिको लागि शंख बजाउदै हिँड्ने र बिहान घर घरमा पुगेर सिधा उठाउने चलनलाई वृत्तचित्रमा उतारिएको छ । निर्देशक घिमिरेले बिस्तारै लोप हुन लागेको कारण पनि यो विषय सबै माझ पुर्याउने लक्ष्य राखिएको बताए । वृत्तचित्रमा फेरी लगाउने स्वयं ओमनाथ जोगी फिचर्ड छन् ।