टिकटक तीज क्विनमा २६ प्रतिष्पर्धी

इटहरी । परिकला मिडिया तथा डिथ्री अनलाइनले सामाजिक सञ्जाललाई प्रयोग गर्दै तीजको फरक कन्सेप्टमा एक कार्यक्रमको आयोजना गरेको छ । ‘टिकटक तिज क्विन–२०७७’ नाम दिइएको उक्त प्रतियोगितामा २६ जना बिच प्रतिस्पर्धा भइरहेको संयोजक संगीता चौधरीले बताईन् ।

प्रतियोगितामा झुम्का सुनसरीबाट इजिना चौलागाईं, कालाबन्जार सुनसरीबाट ईशा परियार, इटहरी सुनसरीबाट अज्लिना शर्मा, झुम्का सुनसरीबाट दीक्षा केसि, झुम्का सुनसरीबाटै रशु श्रेष्ठ, जुनु श्रेष्ठ, साईमा पौडेल, रेश्मा कट्वाल प्रतिष्पर्धामा रहेका छन् । त्यस्तै ईटहरी सुनसरीबाट मोनिका बोहरा, नम्रता निरौला, ईनरुवा सुनसरीबाट जिया खड्का, रिता श्रेष्ठ, ईटहरी सुनसरीबाट रस्मिता श्रेष्ठ, ईनरुवा सुनसरीबाट सन्ध्या चौधरी, हेटौंडाबाट देवि ढुङेल, ईटहरी सुनसरीबाट संगीता रेग्मी, ईनरुवा सुनसरीबाट भावना श्रेष्ठ, काठमाडौबाट एलिशा खत्री, ईनरुवा सुनसरीबाट सिर्जना पोख्रेल, ईटहरी सुनसरीबाट काब्या कार्की, ललितपुरबाट मन्जु मगर, ईटहरी सुनसरीबाट कृपा तामाङ, बिमिशा तामाङ, सन्ध्या मगर, ईनरुवा सुनसरीबाट रशु श्रेष्ठ र ईटहरी सुनसरीबाट कृन्जल बिष्ट प्रतिष्पर्धामा रहेका छन् ।

सम्पुर्णको नतिजा भदौको २ गते सार्वजनिक गरिनेछ भने १ गते राती ८ बजेसम्मको लाईक, शेयरर भ्युजलाई मात्र मान्यता दिइनेछ । कोरोनाको महामारी साम्य हुँदै गएपछि पुरस्कार बितरणको कार्यक्रम ईटहरीमै राखिने छ । यस कम्पनीले गत वर्षमा पनि फोटो प्रतियोगितालाई स्तरिय बनाउने उद्देश्य सहित तीजको अवसरमा फरक कन्सेप्ट अर्थात आयोजक कम्पनीले नै प्रोफेसनल फोटोसुट गरेर सोही फोटोको प्रतियोगिता गरेको थियो ।  यसवर्ष सो कन्सेप्टलाई अन्य केही कम्पनी तथा सस्थाहरुले पनि सुरु गरेको कारण यो पटक तिजकै अवसर पारेर फरक कन्सेप्टमा ’टिकटक तिज क्विन–२०७७’को आयोजना गरेको प्रतियोगिताको ब्यवस्थापक तथा परिकला मिडियाका प्रवन्ध निर्देशक सुवास श्रेष्ठ संकल्पले जानकारी गराए ।

विजेताले नगद पुरस्कार संगै अन्य अफरहरु प्राप्त गर्नेछन् । बिजेताले १० हजार नगद, फर्स्ट रनरअपले ७ हजार नगद र सेकेन्ड रनरअपले ५ हजार नगद पुरस्कार पाउनेछन् । नगद संगै बिजेताहरुले प्रोफेसनल फोटोसुटको अफर पाउनेछन भने सोही फोटोसुटको तस्वीर सहित ३ जनाकै छुट्टा छुट्टै मिडिया न्युज कभरेज गरिनेछ । साथै अन्य गिफ्टहरु पनि प्राप्त गर्नेछन् । अन्य सम्पुर्ण सहभागीहरुले प्रमाणपत्र साथै मेकअप कोर्समा ५० प्रतिशत छुट पाउनेछन भने अन्य ’बेस्ट डान्स’, ’बेस्ट एक्सप्रेसन’, ’बेस्ट क्वालिटी’ र ’ब्युटी गर्ल’को अवार्डहरु पनि प्रदान गरिनेछ । फाईनल कार्यक्रमको लागि प्रमुख आकर्षणको रुपमा चर्चित बाल गायक तथा भारतिय च्यानलबाट प्रसारण हुने ख्यातिप्राप्त टिभी रियालिटी शो ’सारेगमप लिटिल च्याम्प’का सेकेन्ड रनरअप प्रीतम आचार्यलाई फाईनल गरिएको छ ।