रमेशको सांगीतिक फेसबुकमा

काठमाडौं । अमेरिकामा बसेर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक रमेश कँडेलको गीत ‘फेसबुकमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दीपेश चापागाईंको शब्द तथा गोविन्द हुमागाईंको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।

भिडियोमा सुनिल क्षेत्री र सिम्पल खरेल फिचर्ड छन् । नेपाली ठिटो समूहले कोरियोग्राफी गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन, अमृत चापागाईको सम्पादन र सुनिल क्षेत्रीको निर्देशन भिडियोमा छ । गायक कमल खत्रीको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो ।

कँडेलको यसअघि ‘मायालु’, ‘देख्न पाउँ’ , ‘इमेल इन्टरनेट’, ‘सरर हावा’लगायतका गीत सार्वजनिक भइसकेका छन् ।