प्रदीपको गीतमा मुन्नीको रोदन

काठमाडौं । गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘आँखामा आँशु’को भिडियो सार्वजनिक भएको छ । अमेरिकामा रहेका गीतकार राजेश अर्यालको युट्युब च्यानलबाट सार्वजनिक गीतमा प्रदीप सुवेदीको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत छ । गीतमा रिकेश गुरुङको संगीत संयोजन छ ।

भिडियोमा कमल सिंह र प्रियाना आचार्य ‘मुन्नी’को अभिनय छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।

अमेरिकाको सबैभन्दा ठुलो नेपाली फार्म ब्रुक मेडो फार्मको लगानीमा भिडियो निर्माण भएको हो ।