सारिकालाई कबिरको तारेभीरको बुकी

काठमाडौं । गायक धीरेनकुमार रोकायाको गीत ‘तारेभीरमा बुकी’ को भिडियो सार्वजनिक भएको छ । रमाइलो डान्सिङ शैलीको गीतमा धीरेनसँग गायिका मेलिना राईले स्वरमा सहकार्य गरेकी छन् । गीतमा सुमन श्रापितको शब्द र बीबी अनुरागीको संगीत तथा संगीत संयोजन छ ।

भिडियोमा कबिर खड्का र सारिका केसी फिचर्ड छन् । रक कौशलको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन, माधव श्रेष्ठको सह–निर्देशक तथा शिव विकको कोरियोग्राफी तथा निर्देशन छ ।