काठमाडौं । गायक तथा संगीतकार सन्तोष खरेलको ‘तिम्रो मेरो लगन जु¥यो घरबार हुनलाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मेलिना राई र सन्तोषको स्वर छ भने गीतमा सन्तोषकै शब्द तथा संगीत छ ।
मनोज विष्टले निर्देशन गरेको भिडियोमा अनिता गिरी, शिशिर तिमिल्सिनालगायतका कलाकार फिचर्ड छन् । राज महर्जनको कोरियोग्राफी रहेको भिडियोमा रामकुमार केसीको छायांकन छ ।
भिडियोलाइ एमबी क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।