अमिताभ बच्चनका ६ रहस्य

मुम्बई(एजेन्सी) । बलिउडमा कसैले महानायक भन्छ भने पक्कै त्यो नाम अमिताभ बच्चन नै हो । उनलाई शताब्दीकै महानायक भनिन्छ । अमिताभ भारतमा मात्र होइन, सारा विश्वमा चिनिन्छन् । अमिताभसँग जोडिएका केही खास कुरा पनि छन्, जुन कुरा अहिलेसम्म बाहिर आएका थिएनन् ।

अमिताभले आफ्नो पहिलो फिल्मको यात्रा सन् १९६९ बाट गरेका थिए । उनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ हो । यसभन्दा अघि उनले फिल्ममा न्यारेटरका रुपमा काम गरेका थिए । उनले सन् १९६९ मा मृणाल सेनको फिल्म ‘भुवन शोम’मा स्वर दिएका थिए । यसबापत उनले ३ सय रुपैंयाँ पारिश्रमिक पनि पाए ।

अमिताभ तीस भन्दा धेरै पटक फिल्म फेयर अवार्डमा मनोनित भए । तर उनले ७ पटक मात्र अवार्ड उचाले । उनले मृत्युलाई पनि मात दिएका थिए । सन् १९८२ मा फिल्म ‘कुली’को सुटिङका समयमा उनी गम्भीर घाइते भएका थिए । जुन समयमा उनलाई बाँच्न नै मुस्किल थियो ।

पर्दामा दमदार प्रस्तुती दिने अमिताभले राजनीतिमा पनि पाइला चाले । तर उनले राजनीतिलाई मनपरेको थिएन । सन् १९८४ मा राजीव गान्धीको आग्रह अनुसार उनले इलाहबादबाट सांसदको चुनाव लडेर र जितेर सांसद भए । तर तीन वर्षपछि उनले सांसद पदबाट राजीनामा दिए र राजनीतिबाट अलग भए ।

अमिताभले आफ्नो फिल्म ‘देवर’बाट एक दुःखी युवाको छवि बनाएका थिए । यो फिल्मले उनका पछिल्ला सबै फिल्मको रेकर्ड तोडेको थियो । फिल्म ‘शोले’ अमिताभ बच्चनको सबैभन्दा शक्तिशाली र प्रख्यात फिल्म हो । जसलाई बलिउडकै रुचाइएको फिल्ममा गनिन्छ ।

अमिताभलाई उनकी आमा मुन्ना भन्थिइन् । जबकी समयको परिवर्तनसँगै उनलाई घरमा अमिताभ भन्न थालियो । उनको वास्तविक नाम इंकलाब थियो ।

फिल्म ‘खुदा गवाह’ अमिताभको एक शक्तिशाली फिल्म हो । सन् १९९२ मा रिलिज यो फिल्म भारतसहित नेपाल, भुटान र अफगानिस्तानमा सुटिङ भएको थियो । यो फिल्म अफगास्तिानमा छायांकन भइरहँदा त्यहाँको आधा सुरक्षा संयन्त्रले अमिताभको सुरक्षा गरेको थियो ।