सजकको चिठ्ठीमा प्रेम पीडा

काठमाडौं । गायक सजक चुडालको स्वरमा रहेको ‘चिठ्ठी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कृष्ण र दिपुको शब्द तथा कर्मा रुम्बाको संगीत छ ।

दिलीप समनको निर्देशन रहेको भिडियोमा माया र प्रेमका भाव समेटिएको छ । काठमाडौं वरपर छायांकन गरिएको भिडियोमा मिलन शंकर, विन्दु दवाडी र पंकज ठकुरी फिचर्ड छन् ।

फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियो विराज इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।