चिडियाखानाबाट जनावर वेपत्ता

इस्लामाबाद(एजेन्सी) । पाकिस्तानको राजधानीस्थित मार्घाजार चिडियाखानाबाट पाँच सय १३ जनावर वेपत्ता भएका छन् । इस्लामाबाद नगर निगमका अनुसार जुलाई २०१९ बाट सञ्चालनमा आएको चिडियाखानामा कैयौं प्रजातिका कुल ९ सय १७ जनावर र पंक्षी थिए ।

गत मेमा इस्लामाबादको उच्च अदालतको आदेश अनुसार चिडियाखानाको प्रवद्र्धन इस्लामावाद वन्यजीव प्रबन्धन बोर्डलाई हस्तान्तरण गरिएको थियो । यद्यपि जुलाई २०२० को दस्तावेजमा केवल ४ सय ४ जनावरमात्र हस्तान्तरण गरिएको उल्लेख गरिएको छ । यो दस्तावेजमा चिडियाखानाका उपनिर्देशक डा. बिलाल खिलजी र आइडब्ल्यूएमबीका अध्यक्ष डा. अनिसुर रहमानका अलावा अन्य एक अधिकारीले पनि हस्ताक्षर गरेका छन् ।

समाचार अनुसार रिपोर्टमा सानो हिरण र पाढा हिरणलगायतका जनावर उल्लेख गरिएको छ । चिडियाखानाका केही बहुमूल्य जनावर वेपत्ता छन् । धेरैले यी जनावर चोरिएको अनुमान लगाएका छन् । इस्लामावादको एकमात्र यो चिडियाखाना जनावरका साथ हुने क्रुर व्यवहारका कारण पनि चर्चामा आउने गरेको छ ।