काठमाडौं । कोरोना भाइरसको कारण भइरहेको मानवीय क्षतिलाई न्युनिकरण गर्न स्वयम् व्यक्ति सचेत हुनुपर्ने भन्दै पूर्वी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यवसायी संघ र काडाघारी प्रहरी प्रभागको समन्वयमा कागेश्वरी मनोहरा नगरपालिकाको निर्णयलाई पालना गर्न गराउन मंगलबार कागेश्वरी मनोहराको वडा ७, ८ र ९ मा सचेतना र्याली गरिएको छ ।
कार्यक्रममा सडक तथा व्यावसायिक स्थलहरूमा मास्कको प्रयोग नगर्नेहरुलाई निःशुल्क मास्क वितरण गरिएको छ । कागेस्वरी मनोहरा नगरपालिकामा केही दिनयता संक्रमितहरुको संख्या बढ्दै गएपछि नगरपालिकाले विभिन्न व्यवसायहरु तोकेरै सञ्चालन गर्न नपाइने जनाएता पनि यसको कार्यान्वयन हुन नसक्दा यस क्षेत्रका बासिन्दाहरु अझ जोखिममा रहेको भन्दै व्यवसायी संघका पधादिकारीहरुले सबै व्यवसायीलाई केहश्ी समयको लागि व्यवसाय बन्द गर्न आव्हान गरे ।