शाहरुखको एउटा फ्लप यात्रा

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खानले फिल्ममा दशक लामो यात्रा गरिसकेका छन् । किङ अफ रोमान्सका रुपमा परिचितले करियरको शुरुवात फिल्म ‘दिल आशना है’बाट गरेका थिए । यसपछि उनले ‘चमत्कार’, ‘ये लम्हे जुदाई के’ र ‘किंग अंकल’ फिल्ममा अभिनय गरे पनि यी फिल्म सुपरफ्लप भए । अहिले शाहरुखको यात्रा पनि यसरी फ्लप जस्तै भएको छ ।

शाहरुखले फिल्म ‘माया मेमसाब’ जस्तो फ्लप फिल्ममा पनि अभिनय गरे । यो फिल्ममा दीपा शाह नायिका थिइन् । शाहरुखले जहिल्यै पनि रोमान्टिक फिल्मभन्दा बाहिर गएर अन्य फ्लेभरको फिल्ममा अभिनय गर्दा सधैं फ्लप छन् । फिल्म ‘गुड्डु’मा उनले अभिनेत्री मनिषा कोइरालासँग स्क्रिन शेयर गरेका थिए । उनले ‘जमाना दीवाना’, ‘चाहत’ र ‘इंग्लिश बाबू देसी मेम’ जस्ता औसत फिल्ममा पनि अभिनय गरे ।

फिल्म ‘परदेस’, ‘दिल तो पागल है’ जस्ता सुपरहिट फिल्म दिएका शाहरुखको करियरमा ‘दिल से’, ‘फिर भी दिल है हिंदुस्तानी’, ‘हे राम’, ‘वन २ का ४’ र ‘अशोका’ जस्ता फिल्म बक्सअफिसमा ध्वस्त नै भए । यी फिल्मपछि उनले ‘वीर जारा’ जस्ता सुपरहिट फिल्म दिए । त्यसपछि आएको ‘स्वदेस’, ‘पहेली’ जस्ता फिल्मलाई दर्शकले स्वीकारेनन् ।

यसपछि उनले ‘चक दे इन्डिया’, ‘ओम शान्ति ओम’, ‘रब ने बना दी जोड़ी’ जस्ता फिल्मले शाहरुखको डुब्दै गरेको करियरलाई उठायो । त्यसपछि उनी फिल्म ‘बिल्लु’मा इरफान खानका साथ देखिए । जुन फिल्मलाई दर्शकले माया गरेनन् । पछिल्लो पटक फिल्म ‘जीरो’ र ‘फ्यान’ जस्ता प्mलप फिल्म पछि शाहरुख आफ्नो आउन लागेका फिल्मबाट चिन्तित छन् । त्यही कारण पनि उनी मेहनतका साथ फिल्म बनाउने निर्णयमा पुगिसकेका छन् ।