काठमाडौं । कवि तथा सञ्चारकर्मी सुनिता खनालको शब्द रहेको गीत ‘लौ न बोलिदेऊ’ को म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ । संगीतकार राजु सिंहको संगीत, रिदम कँडेलको संगीत संयोजन र एचबिएन किस्मतको मिक्सिङ रहेको गीतमा गायक शिव परियारको स्वर छ ।
गोङग्बाको निर्देशन रहेको भिडियोमा भारतीय रियालिटी शो डान्स इन्डिया डान्स २०१७ का सेमीफाइनलिष्ट तथा डान्स क्लब २०१८ का फस्र्ट रनरअप सुजन मार्पा तामाङ र मानसी तामाङ फिचर्ड छन् ।
भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । ‘लौ न बोलिदेऊ’ गीत गायक परियार आफैँले निर्माण गरेका हुन् । गायक स्वयमको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत उनको एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा संग्रहित रहने छ ।