स्विटजरल्याण्डमा चकलेटको वर्षा !

बर्न(एजेन्सी) । स्विटजरल्याण्डको ओल्टन शहरमा चकलेट पाउडरको वर्षा भएपछि स्थानीय हैरान भएका छन् । आम रुपमा मानिसहरुले आकाशबाट पानी वा हिउँ बर्सिएको देखेका छन्, तर यो सहरमा बिहान उठेर हेर्दा चारैतिर चकलेटको पाउडर फैलिएको थियो । यो अवस्था पर्यावरणका लागि नोक्सानजनक नरहेको वातावरणविदले जनाएका छन् ।

ज्यूरिख र बेसेल सहरको बीचमा रहेको ओल्टर सहरमा लिण्ड्ट एण्ड स्प्रेंगली चकलेट उद्योग छ । यो कम्पनीमा चकलेट बनाउन प्रयोग हुने भूनकर पिसिएको कोको नीब्सको लाइनको कुलिङ भेन्टिलेसनमा सामान्य खराबी आएको थियो । जसकारण तिब्र हावाका कारण कोको पाउडर कारखाना वरपर फैलियो ।

कम्पनीले कोको पाउण्डर शुक्रबार बिहानको तिब्र हावाका कारण कम्पनी आसपासको इलाकामा फैलिएको छ । कम्पनीले आसपास फैलिएको पाउडरको सफाईका लागि खर्च उठाउन थालेको छ ।

सामाजिक सन्जालमा यो घटनाको तस्बीर भाइरल भइरहेको छ । स्विट्जरल्याण्डमा रहेको ब्रिटिस दुतावासले यो साता स्वीटजरल्याण्डमा चकलेटको वर्षा भएको भन्दै ट्वीटरमा फोटो राखेको छ ।