सन्तानको भविष्य खोज्न डार्क मुन

काठमाडौं । एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्सदा उनका सन्तानको भविष्य कतातर्फ जान्छ भन्ने सन्देश दिने सर्ट फिल्म ‘डार्क मुन’ सार्वजनिक भएको छ । पत्रकार रामजी ज्ञवालीको निर्देशनमा तयार भएको फिल्ममा साहिल खान, सूर्या थापा, क्रिजन गौतम, तनुजा कार्की, निशाव लम्साल, यूमी बरालको अभिनय छन् ।

निर्देशक ज्ञवालीले फिल्म हेरेपछि हरेक आमाबुवाले आफ्ना सन्तान आफ्नै कारण घरवारविहिन नहुन् भन्ने सोच्नुपर्ने बताए । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको फिल्ममा नवराज उप्रेतीले छायांकन, सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, विशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन छ ।

फिल्मलाई द सेलिब्रेटी टाइम्सले प्रस्तुत गरेको हो । द सेलिब्रेटी टाइम्सकै युट्युब च्यानलमार्फत यो फिल्म सार्वजनिक गरिएको छ ।