प्रमोदको घिटीघिटीमा प्रथमको पीडा

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक भएको छ । गीतमा भीम बिसीको संगीत, टिका खड्काको शब्द र नरेन्द्र बियोगीको एरेन्ज रहेको छ ।

एउटा थिएटरमा छायांकन गरिएको भिडियोमा प्रथम क्षेत्री र कुसुम गुरुङ फिचर्ड छन् । मायालुसँगै जिउने सपना देखेका प्रेमीले प्रेमिकाको आत्महत्यापछि भोगेको पीडालाई भिडियोमा उठान गरिएको छ ।

भिडियोको कथा, कोरियोग्राफी र निर्देशन प्रथम कै रहेको छ । चन्द्र शम्सेर केसी प्रोडक्सन कन्ट्रोलर रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र अनन्त घिमिरेको सम्पादन रहेको छ । स्लोमोसन पिक्चर्सको ब्यानरमा बनेको भिडियोको लाइन प्रोडुसर हरि क्षेत्री, भीम केसी ‘कमल’ हुन् भने निर्माता राजेन्द्र खड्का रहेका छन् ।